दाङ,२१ माघः नेकपा माओवादीका नेता कृष्ण बहादुर महराले दाङलाई प्रदेस ५ को राजधानी बनाउने बारेमा छलफल भएको बताउनुभएको छ । ]
उहाँले नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कासँग यस विषयमा कुरा भएको स्विकार गर्नुभयो । तुलसीपुर एयरपोर्टमा पत्रकारसंग बोल्दै दाङ प्रतिनिधीसभा २ बाट निर्वाचीत सांसद महराले दाङ प्रदेश राजधानी बनाउने बिषयमा काँग्रेस नेता खुम बहादुर खड्कासंग समेत छलफल भएको भन्दै शंका नगर्न आग्रह गर्नुभयो ।
प्रदेश मुकामहरुको अस्थाई केन्द्र तोक्दा धोका भएको भन्दै अब राजधानी बनाउने जिम्मा प्रदेश सभालाई भएकोमा प्रदेश सभाका सांसदहरुले स्थायी राजधानी तोक्दा न्यायोचित सन्तुलीत एंब जिम्मेवारी पुर्वक सुझ बुझका साथ निर्णय गर्ने र त्यसपछि प्रदेश नम्वर ५ को स्थायी मुकाम दाङनै हुने जिकिर गर्नुभयो ।

