प्रदेशस्तरीय सुझावलाई समेट्दै विधान मस्यौदालाई अन्तिम रुप दिदै काँग्रेस

काठमाडाैं,१७ असाेज । नेपाली काँग्रेसकाे विधान मस्यौदा समिति छलफलमा जुटेकाे छ । प्रदेशस्तरीय छलफलपछि आएको सुझावलाई समेट्दै काँग्रेसले पार्टीको विधान मस्यौदालाई अन्तिम रुप दिने तयारी थालेकाे हाे ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा जारी विधान मस्यौदा समितिको वैठकले पार्टी विधानलाई अन्तिम रुप दिन लागेको हो । सुझाव संकलनका क्रममा पार्टी सभापतिलाई अधिकार सम्पन्न बनाउने बा स्थानीय तह देखिनै सामुहिक नेतृत्व प्रणाली विकास गर्ने भन्ने मुख्य दुई विषय उठेको छ ।

संस्थापन पक्षले सभापतिलाई अधिकार सम्पन्न बनाउने गरि प्रत्यक्ष निर्वाचित प्रणालीमा लविङ गरेको छ भने संस्थापन इतरले सभापतिलाई वढी अधिकार दिँदा निरङकुशता हावी हुने बताएको छ ।

यस्तै पार्टीमा योगदान गरेकालाई निर्वाचनमा मताधिकार र उम्मेदवार सम्मेको अधिकार दिनेगरि सुपर डेलिगेट्सको अवधारणामा जानुपर्ने समेत आवाज उठेको छ ।

पार्टीको आगामी संरचना कस्तो हुने भन्ने सम्वन्धमा प्रादेशिक तहको छलफलबाट आएको सुझाव सहित आजबाट छलफल हुने मस्यौदा समितिका सदस्य प्रदिप पौडेलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here