प्रदेशसभाको समानुपातिक तर्फको नतिजा आजै साँझ

काठमाडौं,६ पुस–  निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको नतिजा बिहीबार साँझसम्म सार्वजनिक गर्ने भएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले समानुपातिकतर्फको नतिजा घोषणा गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले ‘आज बेलुका सम्ममा नतिजा सार्वजनिक हुने उल्लेख गर्नुभयो ।

प्रदेश सभाका कुल ५५० सिट मध्ये २२० सिट समानुपातिक प्रणालीबाट छनौट हुनेछ भने प्रत्यक्ष तर्फको ३३० सिटको नतिजा यसअघि नै सार्वजनिक भइसकेको छ ।
समानुपातिकबाट प्रदेश १ मा ३७ सिट, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४, प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५, प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ जना प्रदेशसभा सदस्य चयन हुने छन्।

प्रतिनिधि सभातर्फको समानुपातिक नतिजा पनि छिटै सार्वजनिक गर्ने आयोगले जनाएको छ । प्रतिनिधि सभातर्फ समानुपातिकबाट ११० जना सांसद चयन हुने छन् । प्रदेश सभातर्फको नतिजा नआउँदा राष्ट्रिय सभा गठनमा समेत ढिलाई भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here