काठमाडौं : प्रदेश २ को मन्त्रिपरिषद् सदस्यमा ककसलाई पठाउने भन्ने विषयलाई लिएर राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा विवाद
राजपा नेपालको अध्यक्षमण्डलको सोमबार बिहान ११ बजेदेखि १२ घण्टासम्म र मंगलबार दिउँसो बसेको बैठकमा प्रदेश मन्त्रिपरिषद्मा कस्ता सांसदलाई पठाउने भनेर मापदण्ड तयार गर्ने विषयमा नै सहमति जुट्न नसकेको हो। शंखमूलस्थित एक निजी घरमा भएको बैठकमा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य महेन्द्र राय यादवले मन्त्रिपरिषद्मा प्रत्यक्ष निर्वाचित सांसदलाई अवसर दिनुपर्ने प्रस्ताव अघि सारेका छन्।
ठाकुर र रायको प्रस्तावप्रति राजकिशोर यादव र अनिलकुमार झाले आपत्ति जनाएपछि बैठक निष्कर्षमा पुग्न सकेको छैन। समानुपातिक प्रणालीबाट सांसद भएकालाई पार्टीले अवसर दिइसकेकाले प्रत्यक्षबाट निर्वाचितलाई अवसर दिनुपर्ने ठाकुर र रायको प्रस्तावलाई यादव र झाले अश्वीकार गरेका हुन्। अध्यक्षद्वय राजेन्द्र महतो र शरतसिंह भण्डारी भने मौन बसेका थिए।

