प्रदेशः२ मा आपत्कालीन मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौं,१८ चैत । प्रदेश नम्बर २ को मन्त्रीपरिषद बैठक अहिले बस्दै छ । आइतबार साँझको भीषण हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति पुगेपछि प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
बिहान ७ बजे नै बैठक बोलाइएको मुख्य मन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा घाइतेको निःशुल्क उपचार, मृतकका परिवारलाई राहत र भत्किएका संरचना पुनर्निर्माणको विषयमा तत्काल निर्णय हुनेछ । बैठकले तत्काल गर्न सकिने सहयोगको विषयमा केन्द्र सरकारसंग सहकार्य गर्ने बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here