प्रथम महिला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता चैत २३ गतेदेखि काठमाडौमा

काठमाडौं, २३ फागुन– प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता चैत २३ गतेदेखि काठमाडौमा हुने भएको छ ।नेपाल तेक्वान्दो संघ अन्तर्गतको महिला सशक्तिकरण समितिले आयोजना गर्ने प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान गरी ६ राष्ट्रका खेलाडि सहभागि हुनेछन् । प्रतियोगितामा विभीन्न देशका करिव एक सय ६९ खेलाडीको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका संयोजक नन्दा बस्यालले जानकारी दिनु भयो ।


हरेक दुई वर्षमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यसहित सुरु गरिएको प्रतियोगिता पहिलो पटक २०७१ को फागुनमा आयोजना गरिएको थियो । त्यसबेला त्यो प्रतियोगिता राष्ट्रियस्तरको थियो ।
प्रतियोगितालाई अझ व्यापक बनाउने उद्देश्यसाथ योपटक अन्तर्रा्ष्ट्रिय प्रतियोगता गर्न लागिएको संयोजक बस्यालले बताउनुभयो ।
तेह्र स्पर्धामा समावेश दुई दिने प्रतियोगितामा गेरोगीमा सिनियर र जुनियर गरी विभिन्न ९ तौलसमूह तथा पुम्सेमा ४ विधामा खेल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here