प्रथम कर्पोरेट फुटसल प्रतियोगिता शनिबार

काठमाडौं,१५ चैत । प्रो स्पोर्ट्सको आयोजनामा ‘जेन्टेलम्यान किक’ प्रथम कर्पोरेट फुटसल प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा आठ टिमको सहभागिता रहने प्रो स्पोट्सकी कार्यकारी निर्देशक बागमती राईले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ ।

समूह ‘ए’ मा प्लाटन कम्प्युटर, ग्रीष्मा मल्टिपर्पज कोओपरेटिभ, नेपाल ओलम्पिक कमिटी र आईएमई ग्रुप तथा समूह ‘बी’ मा नेपाल एयरलाइन्स, फर्निचर ल्यान्ड, हिमालयन जनरल इन्स्योरेन्स र नेपाल राष्ट्र बैंक छन् ।

नयाँ बजारस्थित रिभर फिल्ड फुटसलमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई ट्रफीद्वारा पुरस्कृत गरिने छ । प्रतियोगिता आईएमई पेको मुख्य प्रायोजनमा हुन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here