प्रत्यक्ष तर्फको उम्मेदवार छनोटको अन्तीम तयारीमा काँग्रेस

काठमाडौं,२ कार्तिक– मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका प्रत्यक्षतर्फका उम्मेदवारको टुङगो लगाउन आज पनि काँग्रेसले आन्तरिक छलफल गर्ने भएको छ ।
आज साँझसम्म उम्मेदवारको टुङगो लगाउन छलफलमा जटेको काँग्रेसले आन्तरिक तथा संयुक्त छलफल गर्ने भएको छ । पहिलो चरणमा हिमाल र पहाडका ३२ जिल्लामा निर्वाचन हुने छ ।
कांग्रेसले ३२ मध्ये सात जिल्लामा उम्मेदवार टुंग्याएको जनाएको छ । भने बाँकी २५ जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभामा पार्टीका तर्फका उम्मेदवार टुंग्याउन संसदीय समितिको बैठक गएराति अबेर सम्म चलेको थियो ।
आज कुन–कुन जिल्लामा क–कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गर्ने नेताहरुले बताएका छन् । काँग्रेसले उम्मेदवारको टुङगो लगाउँदा लोकतान्त्रिक गठबन्धनलाईपनि मध्यनजर गर्दै टुङग्याउने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here