प्रतिपक्ष काँग्रेस गण्डकी प्रदेशसभाको बैठक आजपनि अबरुद्ध गर्ने तयारीमा

कास्की,२० जेठ ।  गण्डकी प्रदेशसभाको बैठक आज पनि बस्नेभएको छ । प्रतिपक्ष दल नेपाली कांग्रेसले हिजोको बैठकमा अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक आजसम्मका लागि स्थगित भएको घोषणा गर्नुभएको थियो ।
प्रतिपक्ष काँग्रेसले कार्यविधि बनाउँदा प्रतिपक्ष सांसदलाई सहभागी नबनाएको, बजेट वितरणमा सरकारले आफूहरूलाई सम्बोधन नगरेको, राजनीतिक आस्थाका आधारमा बजेट वितरण गरिएको, कर्मचारीलाई राजनीतिक आस्थाका आधारमा सरुवा गरिएको आरोप लगाउँदै कांग्रेसले उठाएका प्रश्नको जवाफ माग गरको थियो ।
आज बस्ने बैठकमा पनि अबरुद्ध गर्ने तयारी भएको काँग्रेस स्रोतले बताएको छ । बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here