प्रतिपक्षको परिकल्पना नगर्न सबै स्थानीय तहलाई सचेतः दिनेशकुमार थपलिया

काठमाडौं, ५ असोज–सरकारले प्रतिपक्षको परिकल्पना नगर्न सबै स्थानीय तहलाई सचेत गराएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले प्रतिपक्षको कुर्सी खोज्ने काम नगर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन दिनु भएको हो ।
आज काठमाडौंमा आयोजित रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक नगर विकास योजना तयारीसम्बन्धि अन्तरक्रिया कार्यक्रममा उहाँले ‘विकासमा एकता र साझेदारिता’ स्थानीय तहको मोडल भएकाले सोही अनुसार अघि बढेर विकास र समृद्धिको काममा केन्द्रित हुन पनि आग्रह गर्नु भयो ।
त्यस अवसरमा सचिव थपलियाले संघीयताको जग स्थानीय तह भएको पनि स्मरण गराउनु भयो । सचिव थपलियाले हरेक स्थानीय तहलाई समृद्ध बनाउन नयाँ जागरणको आवश्यक्तामा पनि जोड दिनु भयो । उहाँले कानुनको अक्षरमा समृद्धिको आशा नगर्न पनि स्थानीय जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here