प्रतिपक्षका कारण गण्डकी प्रदेशको बैठक स्थगित

काठमाडौं,१९ जेठ । प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि गण्डकी प्रदेशसभाको आजको बैठक स्थगित भएको छ। बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो।

जेठ १५ गते राखेको माग सम्बोधन नभएको भन्दै कांग्रेसले बैठक सुरू हुनसाथ उभिएर विरोध जनाएपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक सोमबारसम्मका लागि स्थगित भएको घोषणा गर्नुभयो ।

कार्यविधि बनाउँदा सरकारले प्रतिपक्ष सांसदलाई सहभागी नबनाएको, बजेट वितरणमा सरकारले आफूहरूलाई सम्बोधन नगरेको, राजनीतिक आस्थाका आधारमा बजेट वितरण गरिएको, कर्मचारीलाई राजनीतिक आस्थाका आधारमा सरुवा गरिएको जस्ता विषय कांग्रेस उठाएका प्रश्नको उत्तर नदिएको भन्दै प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले आइतबारको बैठक अवरूद्ध गरेको थियो ।

प्रदेश सरकारले शुक्रबार प्रस्तुत गरेको विनियोजन विधेयकमाथि आइतबार छलफल गर्ने कार्यक्रम रहेको थियो। बैठक प्रतिपक्षलाई आफ्ना कुरा राख्न नदिइ सोमबारसम्मका लागि सभामुख अधिकारीले संसद बैठक स्थगित भएको घोषणा गरेका गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here