प्रतिनिधीसभा र प्रदेशसभाको बैठक बस्दै, यस्ता छन् एजेन्डा

web

काठमाडौं,१६ चैतः संघीय संसदको प्रतिनिधि सभा बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा यस अघि पेश भएको अध्यादेशमा छलफल हुने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।
यस अघिको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र वेपत्ता व्यक्तिको छानबिन एवम् सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश पेश भएको थियो ।
वैठकमा गृहमन्त्री रामवहादुर थापाले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७४ प्रस्तुत गर्ने तथा शिक्षामन्त्री गिरीराजमणि पोख्रेलले राष्ट्रिय चिकित्सा शिक्षा अध्याधेश प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।

यस्तै कानुनमन्त्री शेरवहादुर तामाङले पेवत्ता पारिएका व्यक्तिको छानविन तथा सत्य निरुपन मेलमिलाप आयोगको पहिलो संसोधन पेश गर्ने कार्यसूचि रहेका संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयोे ।
यसैबीचः आजै राष्ट्रियसभा बैठक बस्ने भएको छ । दिउँसो २ बजे राष्ट्रीय सभा बैठक बस्ने संसदसचिवालयले जनाएको छ । बैठकमा विभिन्न एजेन्डामाथि छलफल हुने कार्यसुची रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here