प्रतिनिधीसभा अन्तरगत तीन समितिका बैठक बस्दै

काठमाडौं,११ असार । प्रतिनिधीसभा अन्तरगत उद्योग तथा बाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बस्दै छ । बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा औद्योगिक विकास प्रतिष्ठान(पहिलो संशोधन) विधेयक २०७५ र औद्योगिक व्यवसाय विधेयक २०७५ माथि छलफल हुने कार्यसुची रहेको समितीले जनाएको छ ।

त्यस्तैः महिला तथा सामाजिक समितीको बैठक पनि बस्दै छ । बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ संशोधन गर्न बनेको विधेयक २०७५ माथि सैद्धान्तिक छलफल हुने छ ।

त्यस्तैः राज्य व्यवस्था तथा सुशासन समितीको बैठक पनिआजै बस्दै छ । बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयकमाथि छलफल हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here