प्रतिनिधीसभाको आजको बैठक शोक प्रस्ताव पारिद गर्दै सकियो

काठमाडौं,१६ साउनः प्रतिनिधीसभाको आजको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधीसभाका सभामुख कृष्ण बहादुर महराले बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । साथै बैठकले उहाँको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो ।

विसं २०४८ को प्रतिनिधिसभाको निर्वाचनमा उहाँ नेपाली काँग्रेसका तर्फबाट बैतडी क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो ।

नेका बैतडी जिल्ला कार्यसमितिका संस्थापक सभापति, केन्द्रीय सदस्यसमेत रहनुभएको जोशीको हिजो काठमाडाँैस्थित आफ्नै निवास बूढानीलकण्ठमा ७३ वर्षको उमेरमा निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here