प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले जवाफ दिदै

काठमाडौं,१५ असारः  प्रतिनिधिसभामा आज विनियोजन विधेयक पारित गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजेका लागि बोलाईएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण विनियोजन विधेयकमाथिको छलफल हिजो नसकिएपछि विधेयक पारितको कार्यसूची आजलाई साारिएको हो । सभामुख कृष्णबहादुर महराले सांसदहरुले राखेको मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ ।

सो लगत्तै अर्थमन्त्री युवराज खतिवडाले विधेयक पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।

सो अघि प्रधानमन्त्री ओलीले आफु मातहत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुहुनेछ ।

अर्थमन्त्री खतिवडाले आजै आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक विधेयकमाथि दफावार छलफलको समय तोक्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here