दमौली, २४ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिनायकवाद र प्रतिगामी कदमका विरुद्ध शिक्षकले खेलेको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ ।
नेपाल शिक्षक सङ्घ तनहुँको आठौँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो – ‘देशलाई सङ्कट परेको बेला शिक्षकले सङ्कट समाधानका लागि उल्लेख्य कदम चाल्ने गरेका छन् ।’
वरिष्ठ नेता पौडेलले “तपाईंहरु सानासाना बाबुनानीको मात्रै शिक्षक नभएर राष्ट्रकै शिक्षक हुनुहुन्छ, त्यसैले बिगे्रको राजनीतिलाई सही ठाउँमा ल्याउन पनि फेरि तपाईंहरुको काँधमा अर्को जिम्मेवारी थपिएको छ भन्नुभयो ।”
अधिवेशनका क्रममा सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेपछि अध्यक्षमा कृष्णहरि गैह्रे र कमलभक्त पोख्रेलले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । सङ्घमा आबद्ध दुई हजार ४७० शिक्षकले मतदान प्रक्रियाबाट बुधबार नेतृत्व चयन गर्नेछन् । रासस

