प्रजातन्त्र सेनानी तिलसरा खत्रिको संम्झनामा शोक सभा सम्पन्न

बिष्णुकुमार देवकोटा
दाङ ८ मंसीर
प्रजातन्त्र सेनानी स्व. तिलसरा खत्रिको संम्झनामा घोराही उपमहानगरपालिका वडा नं १० खैरीमा शोक सभा सम्पन्न भएको छ ।

पुर्व नारायणपुर गा.वि.स. अध्यक्ष पुर्ण बहादुर बस्नेतकी धर्मपत्नि स्व. तिलसरा खत्रिको तेह्रैं पुण्य तिथीको अबसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको भएको हो ।
नेपाली काँग्रेस त्रिपुर नगर कार्यसमितिका सभापति दिपक पाण्डेको सभा अध्यक्षता एवं नेपाली काँग्रेसका महासमिति सदस्य टेक बहादुर डाँगिको प्रमुख आतिथ्यमा शोक सभा सम्पन्न भएको थियो ।
शा्क सभामा पुर्व महाधिबेसन प्रतिनिधि हरी प्रसाद् रजौरीया, महाधिबेसन प्रतिनिधि गीरीराज वलि, नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य द्धय कमल बहादुर वलि र बालिका लम्साल, लमहि नगरपालिकाका मेयर कूल बहादुर के.सी, नेकपा का जिल्ला सचिवालय सदस्य खिम बहादुर के.सी., तरुणदलका जिल्ला कोषाध्यक्ष अभियान बस्नेत, नेपाल महिला संघ क्षेत्र पनं २ का अध्यक्ष शुसिला पौडेल, उपाध्यक्ष केशरा पोख्रेलले पुरुषको सफलताको पछाडि महिलाको योगदानको चर्चा गर्नुभएको थियो ।
बि.सं २००५ सालमा पृथ्विमा अबतरण गर्नुर्भएकति स्व. तिलसरा घर्तिको स्वर्गारोहण यहि कार्तिक २६ गते ७१ बर्षको उमेरमा भएको थियो ।
नेपाली काँग्रेस त्रिपुरका सचिव बिष्णुकुमार देवकोटाले संचालन गर्नुभएको कार्यक्रममा घरपरिवारको तर्फ बाट जेठी बुहारी एवं नेपाल महिला संघ क्षेत्र नं ३ का सभापति जानका के.सी.ले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here