प्रजातन्त्र जीवनमरणको सवालः देउवा

वीरगञ्ज, ८ फागुन। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्गे्रसका लागि प्रजातन्त्र जीवनमरणको सवाल भएकोले यसलाई कसैले मास्न नसक्ने बताउनुभएको छ ।

वीरगञ्जको आदर्शनगरस्थित चारतारे होटल दियालो लर्डको आज उद्घाटन गर्दै सभापति देउवाले कुनै पनि हालतमा भए पनि लडेर प्रजातन्त्रको रक्षा गर्ने बताउनुभयो ।

प्रजातन्त्र प्राप्तिका लागि विसं २००७ को क्रान्ति वीरगञ्जबाटै शुरु भएकाले यसको रक्षा गर्न नेपाली काङ्गे्रस सदैव तयार रहेको भन्दै पूर्व प्रधानमन्त्री देउवाले ऐतिहासिक महत्व बोकेको वीरगञ्जको विकासका लागि नेपाली काङ्ग्रेस सधैँ तयार रहेको छ भन्नुभयो ।

वर्तमान सरकारले उद्योगधन्दाको विकास गर्न नचाहेको भन्दै उहाँले वर्तमान सरकारले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउन नसकेकाले उद्योगधन्दा फस्टाउन नसकेको बताउनुभयो ।

उहाँले भारतीय बजार नजिकै रहेकाले वीरगञ्जमा विदेशी लगानीकर्ता आकर्षित हुने भएकाले लगानी गर्ने वातावरण बनाउनेतर्फ वर्तमान सरकारले जोड दिनुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here