प्रचण्डलाई मारेर कस्तो क्रान्ति हो विप्लव जीः प्रवक्ता शर्मा

वुटवल, २० जेठ । नेपाली काँग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विप्लव नेतृत्वको नेकपालाई मारकाटको विद्रोह छाडेर शान्तिपूर्ण मुलधारको राजनीतिमा आउन आग्रह गर्नुभएको छ । नेपाली काँग्रेस गुल्मीको राष्ट्रिय जागरण अभियान अन्तर्गत सदरमुकाम तम्घासमा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ गुल्मीले आयोजना गरेको विशाल आमसभामा नेता शर्माले विप्लवलाई यस्तो सुझाव दिनुभयो ।

हिजोको प्रचण्ड बुलेट्बाट शक्ति आउँछ भन्ने प्रचण्ड हुनुहुन्थ्यो, अहिलेको प्रचण्ड ब्यालेटबाट शक्ति आउँछ भन्ने हुनुहुन्छ । शान्ति प्रक्रियामा प्रचण्डलाई पनि बाँच्ने अधिकार छ । आखिर विप्लवहरुले प्रचण्डलाई मारेर कस्तो खालको राज्यसत्ता ल्याउन खोजेको हो उहाँले भन्नुभयो । प्रधानमन्त्री केपी ओलीसहित सत्तारुढहरु र विप्लवहरु एउटै कम्युनिष्ट भएको बताउँदै प्रधानमन्त्री ओलीलाई विप्लव समूहको बलि नचढाउन समेत सुझाव दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here