प्रक्रियामा सरकार गठन गर्न राष्ट्रपतिले आज पत्र पठाउँदै, यस्तो छ प्रक्रिया

काठमाडौं, १८ जेठ–  राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसदमा बहुमतीय प्रक्रियाका सुरु गर्नपत्र आज पठाउनु हुने भएको छ । दलहरूबीच सहमतिमा सरकार गठनकालागि लिएको समय सकिएलगत्तै राष्ट्रपतिले आजदेखि प्रक्रियामा सरकार गठनका लागि पत्र पठाउने बताइएको छ ।
राष्ट्रिय सहमतिको सरकार गठनका लागि दिइएको सात दिनको समय हिजो सकिएपछि राष्ट्रपतिले आज दलहरुलाई प्रक्रियाबाट सरकार गठन गर्न निर्देशन दिने बुझिएको छ ।
राष्ट्रपति विद्या भण्डारीले आज संविधानको धारा २९८ को उपधारा ३ अनुसार व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्यको बहुमतबाट प्रधानमन्त्रीको निर्वाचन गर्न सभामुखलाई सम्बोधन गर्दै संसद्लाई पत्र पठाउनुहुने छ ।

राष्ट्रपतिको पत्रपछि संसद्को नियमावली २०७३ को नियम ४९ अनुसार संसद्ले प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु गर्नेछ ।
यता–संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल सुरु गरिसक्नुभएको छ ।

अनौपचारिक छलफलका क्रममा माओवादी केन्द्र, लोकतान्त्रिक फोरमसहित केही साना दलले देउवाको नेतृत्वमा सरकार बनाउन समर्थन जनाउने बताइसकेकाले आफ्नो नेतृत्वमा सरकार गठन हुनेमा कांग्रेस सभापति देउवा विश्वस्त हुनुहुन्छ ।
राप्रपाले पनि सरकारमा जानसक्ने संकेत गरेको छ । सभापति देउवा निकट रहेका कांग्रेस नेताहरुका अनुसार चुनावअघि सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी छ ।

तर, एमालेले चितवनको भरतपुरमा रोकिएको मतगणना सुरु नभएसम्म संसद बैठक चल्न नदिने भएकाले बिहीबार संसद बैठक नचल्ने सम्भावना धेरै छ । संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रधानमन्त्री निर्वाचन प्रक्रियामा जाने संभावना भएपछि संसदमा प्रतिनित्व गर्ने दलहरु आन्तरिक छलफलमा जुटेका छन् । काँग्रेसको नेतृत्वमा सरकार बन्ने पक्काभएपछि अन्य दलहरुको भुमिका कस्तो रहने भन्ने बारेमा छलफल गर्न दलहरु आन्तरिक छलफलमा जुट्ने भएका छन् । यसअघि सत्ता गठबन्धन माओवादी केन्द्रले भने काँग्रेसको नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्ने निर्णय गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here