प्रकाश लोहनीको सरकारलाई सुझावःअविलम्ब वार्ता प्रक्रिया अगाडि बढाउ

काठमाडौँ, ६ साउन- एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रिवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले अनशनरत डा गोविन्द केसीले उठाउनुभएको मागका बारेमा अविलम्ब वार्ता प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ ।

केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुग्नभएका डा लोहनीले चिकित्सा क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकार, विज्ञलगायत सबै पक्षको समन्वयमा छलफल गरी निकास दिन सरकार र डा केसी पक्षलाई आग्रह गर्नुभयो ।

माग पूरा गर्ने नाममा सडकमा तोडफोड र अराजकता प्रदर्शन गर्नु दुःखदायी हुने बताउँदै अध्यक्ष लोहनीले विधि र प्रक्रियाबाट समस्याको समाधान खोज्न दुई पक्ष लचिलो हुनु पर्दछ भन्नुभयो ।

यसैबीच पार्टीले विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष भरतकेशर सिंहको आज भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here