प्रकाण्ड पुनः पक्राउ

काठमाडौँ, ७ भदौ: नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

आज सर्वोच्च अदालतले प्रवक्ता प्रकाण्डलाई छाड्न आदेश दिएलगत्तै भोजपुर जिल्लामा भएको बम विष्फोटको घटनामा समेत संलग्न रहेको भन्दै उहाँलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।

यसअघि साउन २३ गते चन्दा असुलीको आरोपमा पक्राउ परेका प्रवक्ता प्रकाण्डलाई सर्वोच्चले छाड्ने आदेश दिएको  थियो । तर प्रहरीले काभ्रेमा भएको आगजनीको मुद्दामा पुनः पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here