पोखरामा सूचना तथा प्रविधि मेला फागुनमा

पोखरा, ११ माघ। कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासङ्घ कास्कीको आयोजनामा आगामी फागुन १८ देखि २४ गतेसम्म पोखरामा सूचना तथा प्रविधि मेला हुने भएको छ ।

हिजो यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घ कास्कीका अध्यक्ष युवराज पौडेलले कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी भएका अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिँदै यसलाई ग्रामीण क्षेत्रसम्म पु¥याउने लक्ष्यका साथ मेला आयोजना गरिने बताउनुभयो ।

भायोनेट क्यान इन्फोटेक–२०१९ का नाममा मेला सञ्चालन हुनलागेको बताउँदै उहाँले यसकै अवसरमा बृहत सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरीय टाइपिङ प्रतियोगिता, ‘आइटी क्विज कन्टेस्ट’, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, नवीनतम प्रविधिका मोबाइलको प्रदर्शनी एवं बिक्री पनि हुने बताउनु भयो ।

उहाँका अनुसार मेलामा सूचना प्रविधिसँग सम्बन्धित एक सयभन्दा बढी कक्ष रहनेछन् । महासङ्घ कास्कीका सचिव विकास भुर्तेलले मेलाको मुख्य प्रायोजन भायोनेटले गरेको जानकारी दिँदै यसलाई सम्पन्न गर्न मूल आयोजक समितिसहित २६ उपसमिति गठन गरिएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here