पोखरामा परिवार,पारस एक्लै चितवन गए

काठमाडाैं,१५ पुस । आफ्नो अधिकांश जन्मदिन छोराछोरीसँगै मनाउने गर्नुभएका पारसले यो वर्षको जन्मदिन अरु साथीहरुसगैं मनाउने हुनुभएको छ ।

शनिबार चितवन आउनुभएका पारसका साथमा राजेश सिंह, शीतल सिंहलगायत आफ्ना नजिकका साथीहरु सहभागी भएका छन । पारस आज पुस १५ गतेदेखि ४९ वर्ष लाग्दै हुनुहुन्छ ।

पूर्वराजा ज्ञानेन्द्रले भने छोराको जन्मदिन पोखरामा मनाउने अपेक्षा गर्नुभएको थियो । ‘आमा कोमल, श्रीमती हिमानी, छोरीहरु पूर्णिका, कीर्तिका, छोरा हृदयन्द्र, बहिनी प्रेरणालगायतले पारससँगै जन्मदिन मनाउने योजना बनाएका थिए, तर पारस आफ्ना साथीसँग चितवन गएका छन् ।’ – स्रोतले नेपाल समाचारपत्रसँग भन्यो । आजको नेपाल समाचारपत्रमा खबर  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here