पोखरामा पनि किशोरीको शव !

file photo

काठमाडौं,१० भदौंःविद्यालयबाट घर फर्कने क्रममा बेपत्ता एक किशोरीको रहस्यमय मृत्यु भएको छ ।  पोखरा १९ लामाचौरकी १३ बर्षिया पुष्पा केसीको शव शुक्रबार घरभन्दा साढे दुई किलोमिटर परे भेटिएको हो ।

विन्ध्यावासिनी मावि बाटुलेचौरमा कक्षा ६ मा अध्ययनरत उनी विहीबारदेखि हराईरहेकी थिइन् ।  पारिवारिक श्रोतका अनुसार विद्यालयको बसले साढे ४ बजे भरभन्दा सय मिटर वर टाडेको थियो ।  बहिनीसँगै स्कुल वस चढेर फर्किँदै गरेकी उनी तरकारी किन्न भन्दै केही वरै झरेकी थिइन् ।

तर अवेरसम्म भर पुगिनन् ।  भर नआएपछि वबुा नृपेन्द्र खत्री र आमा गोमा केसीले यताउता खोज्न थाले ।
छोरी साथीको घरमा गएको आशंकामाा त्यो दिन प्रहरीलाई खबर गरेनन् ।  शुक्रबार विद्यालय जाने बेलासम्म पनि नआएपछि उनीहरुले विद्यालयमा खबर गरे ।, आजकोकान्तिपुरदैनिकमा यो खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here