पैसा निकालिसकेपछि सुमार्गीलाई सर्वोच्चको आदेश, बैंकमा पुनः रकम जम्मा गर्नु

काठमाडौँ,२६पुस । व्यापारी अजेयराज सुमार्गीले बैकबाट रकम निकालिसकेपछि सर्वोच्च अदालतले त्यसलाई रोक लगाउने आदेश गरेको छ । अदालतले सुमार्गीलाई नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा पुनः रकम जम्मा गर्न आदेश दिएको हो ।

यहि पुस १० गते न्यायाधीस दिपकराज जोशीको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै स्रोत नखुलेर राष्ट्र बैकंले रोक्का राखेको सुमार्गीको रकम फुकुवा गरिदिएको थियो । उक्त आदेशपछि सुमार्गीले मुक्तिश्री सिमेन्टका लागि भन्दै विदेशबाट भित्¥याएको रकम बैक खाताबाट झिकिसकेका छन् ।

मंगलबार प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा र आनन्दमोहन भट्टराईको संयुक्त इजलाशले उनले झिकेको रकम शंकास्पद देखिएको भन्दै जम्मा गर्न आदेश गरेको हो ।

आज सार्वजनिक भएको लिखित आदेशमा यसअघि जारी भएको अल्पकालीन आदेश कानुन, न्याय र अदालतले अनुसरण गर्दै प्रक्रिया नमिलको भन्दै रकम जम्मा गर्न भनिएको छ । सर्वोच्चको यो आदेशपछि सुमार्गीले अल्पकालीन आदेशको भरमा झिकेको रकम अवैध भएकाले पुनः जम्मा गर्नुपर्ने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here