पेरिस सम्झौताको प्रभावकारी र जवाफदेही पूर्ण कार्यान्वयनमा अावश्यकःराष्ट्रपति भण्डारी

काठमाडाैं,१८ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले पेरिस सम्झौताको प्रभावकारी र जवाफदेही पूर्ण कार्यान्वयनको सही बाटो पहिल्याउन विश्व समुदाय सफल हुनेमा विश्वस्त रहेको बताउनुभएको छ ।

पोल्याण्डमा आयोजित जलवायु परिवर्तन संरचना सम्बन्धी महासन्धिको २४ औँ सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले न्युन कार्बन उत्सर्जन गर्ने नेपाल जलवायु परिवर्तनको दुष्प्रभावको मारमा परेको प्रति सचेत गराउनुभयो ।

हालै सार्वजनिक गरिएको आईपीसीसीको विशेष प्रतिवेदनले तय गरेको १ दशमलब ५ डिग्री सेल्सियस तापक्रम स्थिर राख्ने थ्रेसहोल्ड भित्रै कार्बन उत्सर्जनलाई सीमित गर्न अन्तर्राष्ट्रिय समुदायलाई राष्ट्रपति भण्डारीको आग्रह थियो ।

नेपाल जस्ता मुलुकले नगरेको नबिगारेको कसुरको सजाय भोग्नु परेको बताउदै निर्दोषहरू माथि अन्याय हुन नदिन विश्व समुदाय समक्ष उहाँले आव्हान गर्नु भएको छ । उच्च पर्वतका हिउँ पग्लदै गएको तथा सेता हिमाल काला र फुश्रो बनेको राष्ट्रपतिले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here