पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं,२० चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । स्वचालित मूल्य प्रणालीअनुसार निगमले पेट्रोल, डिजल र मट्टितेलमा समान २–२ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आजैदेखि लागू हुने गरी मूल्यवृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर १ सय ५ रुपैयाँ भएको छ भने, डिजल र मट्टितेलको समान ८५ रुपैयाँ पुगेको छ ।
निगमका अनुसार पेट्रोलमा ३ रुपैयाँ १० पैसा र डिजेल तथा मट्टिटेलमा ९६ पैसा घाटा भएको छ । निगमलाई अब पाक्षिक नाफा २० करोड ३० हजार रुपैयाँ हुने अनुमान गरिएको छ । भारतभन्दा नेपालमा पेट्रोल २३ रुपैयाँ ६४ पैसा र डिजेल २७ रुपैयाँ ५८ पैसा सस्तो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here