काठमाडौं, ३० फागुन । केहि दिनदेखि राजधानीमा देखिएको पेट्रोलियम पदार्थको अभाव भोलीसम्ममा समाधान हुने नेपाल आयल निगमले जनाएको छ । राजधानीका पेट्रोल पम्पहरुका बढेको लाइन भोलिसम्ममा पुरै हट्ने निगमलेका प्रवक्ता सीताराम पोखरेलले जानकारी दिनुभयो ।
लगातार सार्वजिक बिदा, तराई बन्दका कारण माग र आपुर्तिको सन्तुलन केही खस्केको भन्दै उहाले भोलीसम्म पम्पहरुले माग गरेबमोजिम पेट्रोल दिन निगम तयार रहेको बताउनुभयो । तराई बन्दका कारण केहि दिनयता बजारमा इन्धन खपत निकै बढ्दै गएको छ । अभाव हुने त्रासले उपभोक्ताले बढी खरिद गर्न थालेपछि माग बढेको निगमले जनाएको छ ।
सामान्य अवस्थामा उपत्यकामा चार सय किलोलिटर पेट्रोल र पाँच सय किलोलिटर डिजेल खपत हुने गरेको छ । सोहि खपत भएबमोजिम आपूर्तिको सम्तुलन नमिल्दा उपभोक्ताहरु अत्तालिएर भण्डारण गर्नतर्फ लागेकोले समस्या देखिएको निगमको भनाई छ ।

