पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं,१२ असार ।  धादिङको गल्छीस्थित बैरेनी क्षेत्रमा लेदो माटोसहितको बाढीले पृथ्वी राजमार्ग ठप्प भएको छ । बैरेनीमा लेदो माटोसहितको भल–बाढीले राजमार्गसहित बजार क्षेत्रका घर समेत डुबानमा परेका छन् । लेदो माटो सहितको बाढीले सडक ढाकिएपछि सवारी आवागमन रोकिएको छ ।

स्थानीय स्तरमा खोलिएका बालुवा उत्खनन केन्द्रका कारण भल बाढीले लेदो बगाउँदै राजमार्गमा पु¥याएको हो । गएरातिबाटै भारी वर्षा भइरहेकोले सवारी सञ्चालन गर्न अझै केही समय लाग्ने जनाइएको छ । अहिले सडक खुलाउन बालुवा व्यवसायी र गाउँपालिकाले राजमर्गमा डोजर लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here