काठमाडौं,३१ जेठ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री धनिराम (डिआर)पौडेलको निधन भएको छ । शुक्रबार बिहान हृदयघातका कारण उहाँको निधन भएको हो । नेकपाका चितवन जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे माडीमा उयहाँको निधन भएको छ ।
माडी नगरपालिका–५ रमाइलोडाँडास्थित आफ्नै निवासमा हृदयाघात भएपछि बिहान ७ बजे माडीस्थित बघौडा अस्पतालमा ल्याइएको थियो । परियारका अनुसार अस्पतालका चिकित्सकले पौडेलको निधन भएको पुष्टि भएको हो ।
पौडेलको अन्तिम संस्कारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित नेकपाका नेताहरु चितवन जाने बताइएको छ ।

