पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

महोत्तरी, २६ भदौं– महोत्तरी र धनुषाको सीमामा पर्ने रातु खोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा गएरातीबाटै राजमार्ग अवरुद्ध भएको हो ।  राजमार्ग अवरुद्ध हुँदा महोत्तरीको बर्दिवास र धनुषाको ढल्केबर सहित पूर्व–पश्चिम राजमार्गको विभिन्न स्थानमा सवारीसाधन रोकिएका छन् ।
साउन अन्तिम हप्ता आएको बाढीले रातु खोलाको पुलको केही भाग भाँसिएपछि डाइभर्सन गरी ठूला सवारी सञ्चालनका रोक समेत लगाइएको थियो । पुल भाँसिएको स्थानमा बेलीब्रिज जडानको काम भइरहेपनि सम्पन्न हुन अझै केही समय लाग्ने सडक डिभिजन कार्यालय धनुषाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here