पूर्व अर्थमन्त्री वर्षमान पुन अस्पताल भर्ना

web

काठमाडौँ, १० फागुन । उच्च ज्वरो आएपछि नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन अस्पताल भर्ना हुनुभएको छ ।

उच्च ज्वरो आएपछि उहाँलाई धापासीस्थित ग्रान्डी अस्पताल भर्ना गरिएको हो । नेता पुन हाल नर्सिङ केयरमा रहनुभएको उहाँको परिवारले जनाएको छ ।

गत वर्ष जन्डिस बिग्रिएपछि उहाँको उपचार थाइल्यान्डको बैंककमा गरिएको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here