पूर्वी सीमामा युवतीको शव

file photo

सप्तरी,२७ फागुन । सप्तरीको पूर्वी सीमामा एक युवतीको शव भेटिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१ मा पर्ने कोसी ब्यारेजदेखि दक्षिणमा रहेको बगरमा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार ब्यारेजदेखि करिब ८०० मिटर दक्षिण सप्तकोसी बगरमा करिब २० वर्षीया युवतीको शव फेला परेको हो। युवतीको शव नदीले बगाएर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ ।
पहाडी मूलकी युवतीको कम्मरदेखि तलको भाग पानीमा डुबेको र माथिल्लो भाग बालुवामा भेटिएको प्रहरीले जनाएको छ।
युवतीको उचाइ चार फिट ११ इञ्च, कालो कपाल, गहुँगोरी, घाँटीमा सुन जस्तो देखिने पहेंलो धातुको सिक्री छ । शव राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल राखिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here