रुकुम,२२ मंसिर-स्थानीय तह निर्वाचनमा क्लिन स्वीप गरेको माओवादी केन्द्रले पूर्वी रुकुमका तीन वटै सिटमा विजय हासिल गरेको छ।
आम निर्वाचन–२०७४ मा कमला रोकालाई पहिलो महिला प्रतिनिधि सभा सदस्य निर्वाचित गरेको पूर्वी रुकुमका दुवै प्रदेश सभामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
प्रतिनिधि सभामा रोका विजयी हुँदा प्रदेश सभा क’ मा माओवादी केन्द्रकै पूर्ण घर्ति ५ हजार ८ सय १६ मतका साथ विजयी भएका छन् भने प्रदेशसभा ‘ख’ मा पनि माओवादी केन्द्रका तेजबहादुर ओली ५ हजार ८ सय १६ मतका साथ विजयी भएका छन्।

