पूर्वाधार निर्माण र वातावरण संरक्षणको समूचित व्यवस्थापन-मन्त्री शक्तिबहादुर बस्नेत

काठमाडौँ, ५ जेठ– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पूर्वाधार निर्माण र वातावरण संरक्षणको समूचित व्यवस्थापन गरेर अघि बढ्ने बताउनुभएको छ ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)नेपालको २५ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले पूर्वाधार निर्माण मुलुकको अहिलेको पहिलो कार्यसूची भएको हुँदा प्राथमिकता र आवश्यकतालाई तालमेल मिलाएर काम गरिनेछ भन्नुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, “मध्यवर्ती क्षेत्रका नागरिकलाई वन्यजन्तु समस्या होइन, बरु आफ्ना अरु समस्या समाधानको सहयोगी माध्यम हुन्छ भन्ने व्यावहारिकरुपमा महसुस गराउन आवश्यक छ ।”

प्रकृति र जैविक विविधताको संरक्षण त्यति बेला हुन्छ जति बेला स्थानीयले वन्यजन्तु हाम्रा बाधक होइनन् भन्ने बुझ्नेछन् भन्दै उहाँले उनीहरुका लागि वन्यजन्तु संरक्षण गर्न प्रेरित गर्ने लक्षित कार्यक्रम सञ्चालनतर्फ ध्यान पु¥याउन सुझाव दिनुभयो ।

विश्व वन्यजन्तु कोष नेपालका निर्देशक डा घन गुरुङले मुलुकको दीगो विकास र पर्यटन प्रवद्र्धनमा वन्यजन्तु संरक्षणको निकै ठूलो योगदान रहने विश्वास दिलाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here