पूर्वसांसद सिंहको निधन

काठमाडौं, १२ भदौं– नेकपा एमालेका पूर्व केन्द्रीय सल्लाहकार तथा पूर्वसांसद वीरबहादुर सिंहको ७७ बर्षको उमेरमा निधन भएको छ । मिर्गौलामा समस्या देखिएपछि दुई हप्ताअघि काठमाडाँै मेडिकल कलेज, सिनामंगलमा भर्ना गरीएका सिंहको उपचारका क्रममा निधन भएको हो ।

विसं १९९७ मंसिर १ गते प्यूठानको लुङमा जन्मनुभएका नेता सिंह २०१५ सालदेखि नेपाल कम्युनिष्ट पार्टीको संगठित सदस्य हुनुहुन्थ्यो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसँग भारतको बनारसमा लामो सयमसम्म सँगै बस्नुभएका नेता सिंह विभिन्न प्रजातन्त्रिक आन्दोलनमा सरिक हुनुहुन्थ्यो ।

नेता सिंहको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि आज अपराह्न २ बजे पार्टी केन्द्रीय कार्यालय, धुम्रबाराहीमा राखिनेछ र आज नै अपरान्ह ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारीक स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here