पूर्वसांसदप्रति देउवाकाे श्रद्धाञ्जलि

web

काठमाडौँ, १५ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद नथुनीसिंह दनुवारको निधन भएकामा दुःख व्यक्त गर्दैे श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

सिरहाको पानबारीमा जन्मनुभएका दनुवार विसं २०४८ मा काँग्रेसका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा विजयी हुनुभएको थियो । विसं २००६ देखि काँग्रेसमा आबद्ध भई उहाँले नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

उहाँको यही वैशाख १० गते निधन भएको थियो । स्व दनुवारका तीन छोरा र दुई छोरी हुनुहुन्छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here