पूर्वमन्त्री थापाले भनेः प्रधानमन्त्रीको भारत भ्रमण राष्ट्रिय हितका लागि हुनु पर्छ

काठमाडौँ, १९ चैत- पूर्व राजदूत डा भेषबहादुर थापाले प्रधानमन्त्रीको भारत भ्रमणमा मुलुकको राष्ट्रिय हित तथा राष्ट्रियतालाई संरक्षण गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा राजनीतिज्ञ थापाले नेपाली जनताको चाहना राष्ट्रलाई बलियो र समृद्ध बनाउने भएको हुँदा सोही जनादेशअनुसार वर्तमान सरकार निर्माण भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनादेश नै आन्तरिक राज्य सञ्चालनको गोरेटो हो, नेपाली झुक्न तयार नभएको सन्देश सरकारले कूटनीतिक माध्यमबाट दिनुपर्छ ।”

पूर्व अर्थमन्त्रीसमेत हनुभएका थापाले पञ्चेश्वर परियोजना सञ्चालन गर्न १७ वर्ष अगाडि दस्तखत भएको भएपनि कार्यान्वयन अहिलेसम्म हुन नसकेको बताउँदै नेपालको हितमा रहेका विगतका केही योजना कार्यान्वयनका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल मानव संशाधन निर्यात गरी वस्तु आयात गर्ने राष्ट्रका रुपमा विकास हुँदै गएकामा चिन्ता व्यक्त गर्दै अर्थविद् थापाले भारतसँगको व्यापार घाटा न्यूनीकरणका लागि समेत छलफल गर्नुपर्ने सुझाव दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here