पूर्वगृहमन्त्री खड्का सवार गाडी दुर्घटना

काठमाडौं, ४ चैत – नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का सवार गाडी दुर्घटनामा परेको छ । वीरेन्द्रनगरस्थित घरबाट छिञ्चु जाने क्रममा रत्न राजमार्गअन्तर्गत सुर्खेतको सत्तरीमा आइतबार खड्का सवार बा १५ च ८३५२ नम्बरको हाइलक्स गाडी दुर्घटना भएको हो ।

हरीका अनुसार मोड्ने क्रममा अचानक पांग्रा लस्किएपछि गाडी दुर्घटनामा परेको हो । खड्काको छाती र खुट्टा तथा उहाँका निजी सुरक्षा गार्ड प्रहरी नायव निरीक्षक(सई) सञ्जीव आचार्यको टाउकोमा चोट लागेको छ । दुवैको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here