पूर्ण उपलब्धिसँगै पार्टी एकीकरण अन्तिम विन्दुमा-नेता नारायणकाजी श्रेष्ठ

काठमाडौं,२६ फागुन– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम गठबन्धनले ल्याएको पूर्ण उपलब्धिसँगै पार्टी एकीकरण अन्तिम विन्दुमा पुगेको बताउनुभएको छ ।

उनले कम्युनिष्ट पार्टी नेपालमा स्थापना भएकै दिन एकताले पूर्णता पाउने समेत बताउनुभयो । गोर्खा काठमाडौं जनसांस्कृतिक मञ्च र सहिद लखन गाउँपालिका काठमाडौं जनसम्पर्क मञ्चको संयुक्त आयोजनामा भएको ‘प्रतिनिधि सभा एवं प्रदेश सभामा विजयीहरुलाई शुभकामना’ कार्यक्रमका प्रमुख अतिथि नेता श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन २२ अप्रिल भन्दा अघि वा सोही दिन पार्टी एकीकरण हुने बताउनुभयो।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य हरिकुमार अधिकारीले जनताले दिएको मतअनुसार आफूले कर्तव्यनिष्ठ भएर अघि बढ्ने बताउनुभयो । कार्यक्रममा गोर्खा सांस्कृतिक मञ्चले मुलुकको मौलिक कला संस्कृतिमा ध्यान दिनसमेत नेता अधिकारीले आग्रह बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here