पूँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्छः अर्थमन्त्री खतिवडा

काठमाडौं,१७ असार ।  अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने बताउनुभएको छ । अर्थमन्त्री खतिवडाले पूँजी बजार सञ्चालनमा सरकारले रोकावट नगरेपनि त्यसले राम्रोसँग काम नगरे कडा निगरानी राख्ने उल्लेख गर्नुभयो ।

काठमाडौँमा आजदेखि सुरु भएको वित्तीय साक्षरतासम्बन्धि वृहत अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले नेपालमा पनि पूँजी बजारले राम्रोसँग काम नगरेकाले नियमनकारी निकायलाई निगरानी गर्नुपरेको बताउनुभयो । अर्थमन्त्री खतिवडाले नेपालमा रेमिट्यान्सको पूँजी परिचालन गर्नेहरुलाई वित्तीय साक्षर बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।

उहाँले महिलाहरु पनि वित्तीय कारोवारमा सङ्लग्न हुने क्रम बढेकाले उनीहरुलाई साक्षर बनाउने काममा पनि लगानी गर्नुपर्नेमा जोड दिनुभयो । सम्मेलनमा भारत, अमेरिका, सिंगापुर, थाईल्याण्ड, दक्षिण अफ्रिका, चीन, अष्ट्रेलिया, भुटानसहितका पूँजी बजारका विज्ञहरु, लगानीकर्ताहरु सहभागी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here