पुष्पलालको यसरी चर्चा गरे अध्यक्ष दाहालले

काठमाडौँ, ७ साउन- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाका संस्थापक महासचिव पुष्पलालको देश र जनताप्रतिको निष्ठा र आदर्श सबैले अनुसरण गर्नुपर्ने बताउनुभएको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठानले पुष्पलालको ४० औंँ स्मृति दिवसका अवसरमा चम्पादेवीस्थित उहाँको शालिक परिसरमा आयोजना गरेको श्रद्धाञ्जलिसभामा उहाँले पुष्पलालले सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्य लिएर ठूलो त्याग र संघर्ष गर्नुभएको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, “उहाँको सपना साकार पार्न जरुरी छ, अन्य साना पार्टीलाई पनि हामीले क्रमशः एकीकृत कम्युनिष्ट पार्टीमा एकताबद्ध गर्नेछौँ, २१ औँ शताब्दीमा माक्र्सवादका सिद्धान्तलाई नयाँ ढंगले परिभाषित गर्नुपर्छ, अहिले कार्यशैलीमा विचलन देखिन्छ, यस्तो विचलनले मुलुकलाई अगाडि बढाउन सक्तैन ।”

पार्टीका वरिष्ठ नेता एवं प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले मृत्युलाई नजीकबाट देखेका पुष्पलालले निरंकुशताविरुद्ध सशक्त आन्दोलन शुरु गरेको तथा देश र जनतालाई स्वतन्त्र र समृद्धितर्फ लैजानका लागि संघर्ष गर्नुभएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here