पुलिस स्टेसनमा चोरी भएको मुटु खोजिदिन आग्रह गरेपछि……

एजेन्सी,२५पुस । सामन्यतया मानिसहरु आफ्नो चोरी भएका तथा हराएका सामानहरु खोजी गर्न वा बेपत्ता भएका आफ्ना आफन्तहरुको खोजी गरिदिन भन्दै पुलिस स्टेसन जाने गर्दछन् ।

तर भारतको नागपुरमा त्यस्तो भएन । किनकि त्यो युवकको कुरा सुनेर त्यहाँ भएका पुलिस नै अलमल्लमा परे । युवकले आफ्ना हराएका कुरा वा आफन्त होइन आफ्नो ‘हराएको’ मुटु खोजिदिन आग्रह गरे ।

पुलिसका एक वरिष्ठ अधिकारीका अनुसार उक्त घटना नागपुरको एक पुलिस स्टेशनमा भएको थियो । एक युवतीले ती युवकको मुटु चोरेको र पुलिसलाई त्यो मुटु खोजिदिनुपर्ने आग्रह गर्दै रिपोर्ट दर्ता गराउन उनी पुसिल स्टेशन पुगेका थिए ।

एक पुलिस अधिकारीले यो घटनालाई कसरी सल्टाउने भन्दै माथिल्लो तहको सल्लाह लिनुपरेको थियो । उनले भने, ‘पुलिस स्टेशनमा धेरैजसो मानिस आफ्नो हराएको सामान खोजिदिनुपर्ने भन्दै निवेदन दिन आउँछन् तर यसपटक अचम्म भयो । यो समस्या समाधानका लागि हामीले माथिल्लो तहको सल्लाह लिनु पर्यो ।’

पुलिसका वरिष्ठ अधिकारीले यसबारे ती युवकसँग अनौपचारिक कुराकानी गरेर उनलाई भारतीय कानूनमा यस्ता समस्यालाई सम्बोधन गर्न कुनै धारा नभएको भन्दै सम्झाएका थिए ।अन्त्यमा, त्यहाँका पुलिस अधिकारीले ती युवकलाई आफूहरुले उनको समस्या समाधान गर्न नसक्ने भन्दै घर फर्काए ।

यो अचम्मको घटना नागपुरका पुलिस कमिश्नर भुषण कुमार उपाध्यायले गत हप्ता एक कार्यक्रमबिच साझा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here