काठमाडौं, १८ माघ । पुर्व राष्ट्रपति डा. रामवरण यादव २४ दिन देखि अनशनरत डा गोविन्द केसीको अनसनमा एक्यवद्धता जनाउन आज ३ बजे टिचिङ अस्पताल जाँदै हुनुहुन्छ ।
हिजो कांग्रेस सभापती शेरबहादुर देउवा केसीलाई भेट्न अस्पताल पुग्नुभएको थियो । उहाँले डा केसीलाई अनसन तोडेर संघर्ष जारी राख्न आग्रह गर्नुभयो । यसअघि पुर्वप्रधानन्यायाधिस शुशिला कार्की समेत अनसनमा एक्यवद्धता जनाउन अस्पताल पुग्नुभएको थियो ।

