एजेन्सी– अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनल्ड ट्रम्पलाई माइकल फ्लिनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त नगर्न सावधान गराएको ह्वाइट हाउसले पुष्टी गरेको छ ।
नोभेम्बरमा भएको चुनाव सकिएको ४८ घण्टा भन्दा कम समयमा नै आफ्ना उत्तराधिकारीसँग ओभल अफिसमा भएको भेटवार्तामा उनले त्यस्तो चेतावनी दिएको ओबामा प्रशासनका अधिकारीहरुले जनाएका छन्।
आज सिनेट समितिमा रुसी राजदूतसँग गरेको सम्वादले उनीमाथि ’ब्ल्याकमेल’ गरिएको टिप्पणी गरिएको थियो ।
गम्भीर प्रकृतिको सम्पर्कबारे ढाँटेको अभियोगमा उनलाई गएको फेब्रुअरीमा पदबाट हटाइएको थियो । सन् २०१४ मा ओबामाले व्यवस्थापन र स्वभावमा समस्या देखिएको भन्दै फ्लिनलाई रक्षा गुप्तचर निकायको प्रमुखको पदबाट बर्खास्त गरेका थिए ।

