पुर्वी तराईमा सिरुवा पर्वको रौनक

काठमाडौं, १ बैशाख–  नयाँ बर्षको आरम्भसँगै पूर्वी तराईका आदिवासी राजवंशी, ताजपुरिया, धिमाल लगायत समुदायको महान चाड सिरुवा पर्व आजदेखि सुरु भएको छ ।

मुलुकको पूर्वी तराईका जिल्लाहरुमा बसोबास गर्ने ति समुदायले आजदेखि तीनदिनसम्म सिरुवा पर्व विशेष रुपमा मनाउने गर्छन् ।
सिरुवा पर्व अन्तर्गत पहिलो दिन पानी सिरुवा मनाइँदैछ । बर्षको पहिलो दिन अर्थात बैशाख १ गते पानी छ्यापा–छ्याप गरी ‘पानी’ सिरुवा मनाउने गरिन्छ । बर्षभरी शितलता प्राप्त होस भन्दै पानी सिरुवा खेल्ने चलन छ ।
त्यस्तै बैशाख २ गते अर्थात भोलि ‘काद’ सिरुवा मनाउने प्रचलन छ । आदिवासी समुदायका ति जातिले आफूलाई भूमिपुत्रका रुपमा चित्रण गर्दै ‘काद’ सिरुवा मनाउने गर्छन् ।

माटोको शरीर माटोमै विलय हुने र माटोले नै जीवन धानेको भन्दै माटोलाई हिलो बनाएर एक आपसमा छ्यापा–छ्याप गरि ‘काद’ सिरुवा मनाउने गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here