पुनःनिर्माणमा खटिएका प्राविधिक आजदेखि काममा फर्किए

काठमाडौं,१३ चैत । आन्दोलन स्थगित भएसंगै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत पुनःनिर्माणमा खटिएका प्राविधिक आजदेखि काममा फर्किने भएका छन् ।
नेपाल इञ्जिनियर्स एशोसियशन र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित समितिबीच भएको सहमति अनुसार पुनःनिर्माणमा खटिएका इञ्जिनियरहरुलाई अर्थ मन्त्रालयको परिपत्रअनुसार प्रोत्साहन भत्तासहितका सुविधा उपलब्ध गराउने गरी सात दिनभित्र कार्यान्वयन गराउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको नेतृत्वले प्रतिबद्धता व्यक्त गरेपछि प्राविधिकहरु आजबाट काममा फर्कन सहमत भएका थिए ।
यही चैत १० गते अर्थ मन्त्रालयले प्राविधिकहरुलाई प्रोत्साहन भत्तालगायतका सुविधा उपलब्ध गराउने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रस्तावमा सहमति प्रदान गरेको थियो । एशोसियशन र हकहित समितिबीच तीन बुँदे सहमति भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here