पुनःनिर्माणको बजेट स्थानीय तहमा पठाउन छलफल सुरु

काठमाडौँ, ९ असार । भूकम्पबाट क्षति भएका संरचना पुनःनिर्माणका लागि छुट्याइएको बजेट सिधै स्थानीय तहमा पठाउने सम्बन्धमा छलफल सुरु भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, सङ्घीय मामिला तथा स्थानीय विकास, सहरी विकास, स्वास्थ्य, शिक्षा र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयलगायत सरोकार भएका निकायबीच आज बैठक गरी छलफल अघि बढाइएको हो ।

पुनःनिर्माणलाई गति दिन बजेट स्थानीय सरकारलाई दिनेसम्बन्धी छलफल सरोकार भएका निकायबीच सुरु भएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो ।

स्थानीय तहलाई पनि पुनःनिर्माणमा सहभागी गराउन गुनासो व्यवस्थापनको जिम्मेवारी बिहीबार नै प्राधिकरणले गाउँपालिका र नगरपालिकालाई दिएको छ । पुनःनिर्माणका अन्य काम पनि जनताबाट निर्वाचित प्रतिनिधिलाई दिई प्राधिकरणले प्राविधिक सहयोग र सहजीकरण गर्ने गरी बहस सुरु भएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here