काठमाडौं,१८ मंसिर– राष्ट्रपति विद्या भण्डारीले भूकम्पले क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणको कामलाई छिटो सम्पन्न गर्नु पर्नेमा जोड दिनु भएको छ ।
राष्ट्रपति भण्डारीले भूकम्पपछिको पुनर्निर्माण, पुर्नस्थापना र मर्मत÷संहारको कामलाई यथाशिघ्र छिटो सम्पन्न गर्न सरकारको ध्यानाकर्षण समेत गराउनु भयो ।
आज काठमाडौंको अनामनगरमा महालेखा परीक्षकको कार्यालय भवनको शिलान्यास गर्दै उहाँले मुलुकमा सुशासन कायम गर्ने दायित्व बोकेको महालेखा परीक्षकको कार्यालय भवन निर्माणमा ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नु भयो ।
महालेखा परीक्षक टंकमणि शर्माले भवन निर्माण कार्य समयमै सम्पन्न गर्न नेपाल सरकार, निर्माण व्यवसायी र सम्वद्ध पक्षबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नु भयो ।

